नियम ७
साहूले दावी पेश गर्नु पर्ने
(१) दामासाहीमा परेको कम्पनीको साहूले ऐनको दफा ४८ बमोजिम कम्पनीले भुक्तानी गर्न बाँकी रहेको वा भुक्तानी योग्य ऋणको दावी पेश गर्दा अनुसूची–५ को ढाँचामा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दावी पेश गर्दा साहूले त्यस्तो दावीलाई पुष्टी गर्ने कुनै सबूद प्रमाण र सो सम्बन्धी कुनै लिखत भए सो समेत पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले माग गरेका बखत पेश गर्नु पर्नेछ ।